२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कमिसनमा कुरा नमिलेर ठेक्का रद्द गरेको भन्दै ककनीका जनप्रतिनिधि अध्यक्षविरूद्ध आन्दोलित, गाउँसभा बोलाउन माग


-प्रतिमा ढुंगाना

१७ माघ, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ सज्जनले अपारदर्शी निर्णय गर्दै भ्रष्टाचार गरेको भनेर गाउँपालिकाका सबैजसो जनप्रतिनिधिले संयुक्त रूपमा हस्ताक्षर गरेर गाउँसभा बोलाउन माग गरेका छन । पुस समान्तभित्र सम्पन्न गरिसक्नुपर्ने गाउँसभा छलेर अध्यक्ष भाग्न थालेपछि ८ मध्ये पाँच वडाका जनप्रतिनिधिले संयुक्त हस्ताक्षरसहितको निवेदन बनाएर हिउँदेसभाको माग गरेका छन ।

गाउँपालिका अध्यक्षले सडक निर्माणमा गरिएको टेण्डरमा समेत कमिसनको कुरा नमिलेपछि रद्द गरिएको जस्तो गम्भीर आरोप जनप्रतिनिधिहरूले लिखित रूपमै लगाएका छन । उनीहरूले ककनी गाउँपालिकाको वडा नम्बर २ को काउलेथाना चित्रे कुले गैरीखर्क चाउथे मोटरबाटोको लागि ५३ लाख विनियोजन गरिएको र टेन्डरमा गैसकेको काम समेत कमिसन सुनिश्चित नहुँदा रद्द गरिएको बताएका छन ।

जनप्रतिनिधिहरूले पाँच बुँदा गाउँपालिका भित्रको बेथिति उल्लेख गर्दै तत्काल गाउँसभा बोलाएर ती विषयमा छलफल गर्नुपर्ने माग गरेका छन । उनीहरूले पालिकाको हरेक क्रियाकलाप सुशासन युक्त हुनुपर्नेमा कर्मचारी नियुक्ति समेत अपारदर्शी रूपमा गरेको बताएका छन ।

ककनी गाउँपालिका भित्रका विद्यालयमा शिक्षकहरूको सरूवामा राजनीतिक अस्था हेरेर पक्षपात गरिएको जनप्रतिनिधिहरूको आरोप रहेको छ । । गाउँपालिका भित्र पर्ने स्वास्थ्य चौकीमा प्रयोग हुने औषधिजन्य सामग्री खरिद नियमावली विपरित गरेको र यसअघि नै म्याद नाघेका औषधि सप्लाइ गरेर गलत काम गरेको सप्लायर्सलाइ नै पुनः औषधि सम्पालइको जिम्मा दिएर भुक्तानी समेत हतार हतार दिएकोमा जनप्रतितिनिधिले आपत्ति जनाएका छन । उनीहरूले यसमा अख्तियार दुरूपयोग अुनसन्धान अयोगमा उजुरी गर्ने समेत तयारी गरेका छन ।

गाउँपालिका अध्यक्षले वडासँग सम्बन्धित योजनामा वेवास्ता गरी वडासभाबाट पारित भएर गएर योजना परिवर्तन गरी स्वच्छाचारी ढंगले बजेटको दुरूपोग गरी भ्रष्टाचार गरेको उनीहरूले आरोप लगाएका छन । ८ वटा वडा रहेको गाउँपालिकामा पाँच वटा वडाका अध्यक्षहरूले गाउँपालिका अध्यक्षको कार्यशैली गलत भएको भन्दै गाउँसभा बोलाउन माग गरेका हुन ।

गाउँसभा माग गर्नेमा वडा नम्बर ४ का अध्यक्ष सोनाम लामा, ५ का अध्यक्ष बुद्धराज लामा, ७ का अध्यक्ष रामकृष्ण तामाङ, ८ का अध्यक्ष शेषमान तामाङ र २ का कार्यबाहक वडा अध्यक्ष च्यामे तामाङ सहित सम्पूर्ण वडा सदस्यहरू रहेका छन ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १२:०२