२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नेपाली विषय समितिको अध्यक्षमा प्रा डा रमेशप्रसाद भट्टराई


१७ माघ, काठमाडौँ । नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नेपाली विषाय समितिको अध्यक्षमा प्रा डा रमेश भट्टराई मनोनित भएका छन । केन्द्रका महानिर्देशक चन्द्रकान्त भुसालले माघ १६ को मितिमा प्रा डा भट्टराईलाई पत्र दिएका छन । केन्द्रको पुस १३ को निर्णयले नेपाली विषय समितिको अध्यक्षमा भट्टराई मानोनित भएका हुन ।

सिमितको सदस्यमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकद्धय डा राजेन्द्रप्रसाद खनाल र महेन्द्र न्यौपाने सदस्य रहेका छन । अन्य सदस्यमाा गम्भीर समुद्रसेतु मावि ललितपुरका शिक्षक निरा श्रेष्ठ, सैनिक आवासीय महाविद्यालय भक्तपुरका शिक्षक विष्णुप्रसाद अधिकारी, केन्द्रका महानिर्देशक चन्द्रकान्त भुसाल रहेका छन ।

यस्तै सदस्यहरूमा केन्द्रकै निर्देशक नारायणप्रसाद झा, पाठ्यक्रम विकास केन्द्रकी पाठ्यक्रम अधिकृत इन्दु खनाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्राविधिक अधिकृत रजनी धिमाल र शैक्षिक गुणस्तर परीक्षण केन्द्रका अधिकृत कुमार घिमिरे सदस्य रहेका छन ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार २०:४६