१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

थुनुवालाई भगाएर फरार रहेका प्रहरी जवान १६ वर्षपछि पक्राउ


१२ माघ, काठमाडौँ । लागुऔषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनी पथरावुधाम ३ रौतहटका रहेको प्रहरीले बताएको छ । २०६४ जेठ ९ गते प्रहरी जवान यादवले नक्कली चिट बनाई आफैंले फिल्ड अधिकृतको कीर्ते दस्तखत गरी हिरासत कक्षबाट हत्कडी समेत लगाएर बाहिर निकाली भगाई फरार रहेका थिए ।

उनलाई १६ वर्षपछि भारत सीमानाको काँकडभिट्टाबाट माघ ११ गते पक्राउ गरेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।  उनलाई आवश्यक कारबाहीको लागि माघ १२ गते प्रहरी परिसर काठमाडौं पठाइएको र निजलाई मुलुकी अपराध संहीता २०७४ को दफा १०२ अनुसार कसुरको सजाय हुने उनले बताए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार १७:३१