२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नुवाकोटको म्यागङमा रहेको मौलिक नेपाली घर


१२ माघ, नुवाकोट । नुवाकोट जिल्लामा विभिन्न खालका मौलिक घर देख्न पाइन्छ । २०७२ सालको भूकम्पपछि धेरैले पक्की संरचना निर्माणको नाममा मौलिकता नष्ट गरे । तर कतिपयले अझै पनि मौलिक प्रकृतिका घरहरू निर्माण गरिरहेका छन । कतिपयले मौलिक प्रकृतिकै घरहरूको पुनर्निर्माण पनि गरिरहेका छन ।

नुवाकोटको म्यागङ ५ सामरीमा रहेको पर्यटकीय घरबासका लागि उपयोग हुँदै आएको एक घर भूकम्पपछि पुनर्निर्माण हुन सकेको छैन । विदेशी पर्यटकका लागि निकै आकर्षणको केन्द्र बनेको घर अहिले करिब वेवारिसे छ ।

अग्रज पर्यटन व्यवसायी सुमन पाण्डेका अनुसार यस घरका बारेमा अन्तर्राष्ट्रिय मिडियामा समाचार र तस्बिरहरू पनि प्रकाशित भएका थिए । २०७२ सालको भूकम्पले जीर्ण बनेको यस घरको अहिलेसम्म पुनर्निमार्ण हुन सकेको छैन । यस घरको १५ वर्षअघि पर्यटकहरूकै लागि भनेर पाण्डेले नै यस घरको मर्मत सम्भार गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार ०८:५४