१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाललाई सातौँ सफलता, क्यानडाको ७ विकेट गयो


२ फागुन, काठमाडौँ । डिभिजन टू अन्तर्गत क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले सातौँ विकेट लिएको छ । वसन्त रेग्मीको बलमा एन दत्त शून्यमै आउट भएका हुन् । क्यानडाका लागि विजेरतने बाहेक कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेका छैनन् । उनले ७ वटा चौकासहित ८९ रन बनाएर खेलिरहेका छन् ।

शरद भेषावकरले साद बिन जफरलाई क्यानडाको छैटौँ विकेटका रुपमा एलबीडब्लू आउट गराएका हुन् । जफरले १९ बलमा १० रन बनाए । नेपाल क्यानडालाई हराउनै पर्ने दवावका साथ मैदानमा उत्रिएको हो । ४४ ओभरको समाप्तिमा क्यानडाले ७ विकेट गुमाई १६० रन बनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार १६:५२