१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

काठमाडौँबाट नक्कली डाक्टर पक्राउ


८ माघ, काठमाडौं । प्रहरीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टरको आरोपमा शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यलाई सोमबार नियन्त्रणमा लिइएको हो। भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनले आफू टिचिङ अस्पतालमा पनि काम गर्ने गरेको बताउँदै आएका थिए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १४:२६