१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मदनदेव आचार्यको ‘खिचडी’ सार्वजनिक


काठमाडाैँ । प्रशासक मदनदेव आचार्यद्धारा लिखित खिचडी नामक पुस्तक लेखनकुञ्जमा सार्वजनिक भएको छ । प्रशासन, राजदबार, कोइराला परिबार, इन्दिरा गान्धी, अमेरिका, ब्यापार, महारानीएलिजाबेथ जापानी राजकुमार अकहितो, सिनेमा, अस्पताल, अदालत, दुताबास र पराराष्ट्र संबन्धमा केन्द्रितभएर लेखिएको पुस्तक खिचडी पत्रकारहरुको उपस्थितिमा लोकार्पण गरिएको हो ।

लेखक मदनदेव आचार्य, घोष्टराइटिङ नेपालका अध्यक्ष कमल ढकाल, घोष्टराइटिङ नेपालका सम्पादक एबं बरिष्ठ पत्रकार टंक पन्तद्धारा सार्बजनिकीकरण गरिएको पुस्तकमा कोशीप्रोजेक्ट काण्ड, नेपालभारत बोर्डर किचलो, मदभट्टीको भुमिसुधार, नोकरबाट मालिकभएको दिन, व्यक्तिवादी प्रशासन पेशाअनुसारको बोली जस्ता १ सय ३२ बिषय समेटिएको छ ।

पुस्तकको एक पानामा लेखिएको छ – क्युरियो डिस्प्ले गर्दै गर्दा इन्दिरागान्धीको आँखा बुद्धको त्यो खास मुर्तिमाप¥यो , रिसाउेदै उनले भनिन् , योकिनल्याएको ?कुनै पनि हिष्ट्रिमा बुद्धशक्ति (स्त्रस्संग ससर्ग) भएको भए बुद्ध, बुद्ध नै हुने थिएनन् ।यो कुनै एउटा मुर्तिकारको कलमको कल्पनामात्रहो तत्काल यो मुर्ति फिर्ता गरिदेउ ।

सम्पादक टंक पन्तले पुस्तकमा समेटिएका विषयहरु राजनीतिकर प्रशासन क्षेत्रकालािगनिकै उपयोगीभएको उल्लेख गरेका छन् । पुस्तककाबारेमा लेखन कुञ्जका अध्यक्ष ढकाल भन्छन् –यो खिचडीमा धेरै कुरा पाकेका छन् । धेरै कुरा मिसिएका छन् । जताबाट जसरी खाएपनि खिचडीको स्वाद एकै भएजस्तै यो पुस्तकमाजहा पल्टाएपनि मदनदेवलाई पाउँछौ ।

पुस्तक लोकार्पण कार्यक्रममा पत्रकारहरुले पुस्तककाबारेमा राखेका जिज्ञासाहरुको जबाफ लेखक आचार्यले दिएका थिए । घोष्टराइटिङ नेपालद्धारा प्रकाशित पुस्तक ३ सय ३४ पृष्ठको छ भने पुस्तकको मुल्य ३ सय ७५ रहेको छ ।

घोष्टराइटिङ नेपालले आहिले राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक लगायत हरेक क्षेत्रका डेढ सय भन्दा बढी विशिष्ट ब्याक्तिहरुको पुस्तक लेखिरहेको छ । जसको बारेमा पुस्तक लेखिनुपर्छ वा जस्को पुस्तक बजारमा आउदा राष्ट्रको सम्पत्ति हुनसक्छ । त्यस्ता व्यक्तित्वहरुको पुस्तक लेखिदिने काम घोष्टराइटिङ नेपालले गर्दे आएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १६:३३