१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

१ करोड कित्ता एफपीओ निष्कासन गर्दै बुटवल पावर


२ माघ, काठमाडाैँ। बुटवल पावर कम्पनी लिमिटेडले एफपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले १ करोड कित्ता एफपीओ निष्कासन गर्न लागेकाे हाे । एफपीओ जारी गर्ने विशेष प्रस्ताव कम्पनीको हालै सम्पन्न साधारण सभाबाट पारित भएको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा प्रिमियम थपेर १ करोड कित्ता एफपीओ  निष्काशन गर्न लागेकाे हाे । कम्पनीले यसअघि २०७४ माघ १५ गते अंकित मूल्य १०० मा प्रतिकित्ता ४०१ रुपैयाँ प्रिमियम थप गर्दै ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गरेको थियो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार १६:२७