२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

ओएनएफ अन्तर्राष्ट्रिय कमिटीमा मनोनयन


अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको बैठकले कमिटीको सदस्य र सल्लाहकारमा विभिन्न महादेशबाट मनोनयन गरेको छ ।

कमिटीको सल्लाहकार कमिटीमा राजन कुमार बस्नेत (अष्ट्रेलिया) र प्रिति सागर खत्री(अमेरिका) थप गर्ने निर्णय गरेको छ । बस्नेत आर आर क्यापसमा २०५१ का सभापति र ओएनएफ अष्ट्रेलियाका पुर्व वरिष्ठ उपाध्यक्ष हुन् । खत्री अमृत साइन्स क्याम्पसका नेता हुन् भने लामो समय देखी अमेरिकामा रहेर ओएनएफ र एनआरएनएमा क्रियाशिल छन् ।

यसै गरि बैठकले अन्तर्राष्ट्रिय कमिटी सदस्यमा माधव शाह(अष्ट्रेलिया), सन्तोष भट्टराई (जर्मनी), बाबुराम बिक(UAE), जगत मण्डल(कतार) लाई मनोनित गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार १५:२६