२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

एडिलेडमा मनायो पृथ्वी जयन्ती, छ जनालाई `पृथ्वी ´ सम्मान


एडिलेड । प्रवासी नेपाली एकता समाज ओशियाना र अष्ट्रेलियाको संयुक्त आयोजनामा एडिलेडमा ३०२ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा संसदिय दलका उप नेता बुद्धिमान तमाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बक्ताहरुले पृथ्वी नारायण शाहको नेपाल एकिकरण खेलेको भुमिका वारेमा प्रकाश पारेका थिए । पुर्व मन्त्री समेत रहेका तमाङले पृथ्वी जयन्ती सार्वजनिक विदा सहित पुन मनाउन आफ्नो पार्टीले खेलेको भुमिकको चर्चा गर्दै पृथ्वी नारायण शाहले नेपाल एकिकरण शुरु नगरेको भए अहिले नेपालको अस्तित्व हुने थियो भन्नेमा शंका रहेको बताए । त्यसैले उहाको सम्मान गर्नै पर्ने बताए ।

कार्यक्रममा अष्ट्रेलियामा विभिन्न क्षेत्रमा क्रियशिल छ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । जसमा Prithivi Excellence Award ’24 “Empowerment in Leadership Award” म्यारियन काउन्सिलकी काउन्सिलर रेनुका लामा र हिमानी कोष अष्ट्रेलिया अध्यक्ष अन्जना बस्नेत  , Prithivi Excellence Award ’24“Global Fitness Champion Award” बाट सुजन सिल्पकार , Prithivi Excellence Award ’24“Media & Journalism Excellence Award” बाट नेपाल ट्युव अष्ट्रेलियाका सरल गुरुङ , Prithivi Excellence Award ’24 `Women’s Empowerment Excellence Award” बाट साउथ अष्ट्रेलियाका व्यवसायी महिलाहरु सर्मिला श्रेष्ठ स्वेता शर्मा रिमाल सम्मानित भएका थिए ।     

कार्यक्रममा राप्रपा सह- महामन्त्री विजय खड्काले राष्ट्र एकिकरण गर्ने पृथ्वी नारायण शाहको सम्मान गर्न सके सबै नेपालीको सम्मान हुने बताए ।

कार्यक्रममा मधेश प्रदेश अध्यक्ष भरत गिरी, प्रबासी नेपाली एकता समाज अन्तर्राष्ट्रिय अध्यक्ष प्रेम श्रेष्ठ, राप्रपा केन्द्रीय सदस्य सरस्वती लामा तामाङ, पानस अष्ट्रेलिया सल्लाहकार दिपक विष्ट, हिमानी ट्रस्ट अध्यक्ष अन्जना बस्नेत लगायतका अतिथि वक्ताहरुले पृथ्वी नारायण शाह र उनको योगदान माथी प्रकाश पारेका थिए ।

पानस साउथ अष्ट्रेलिया संयोजक केदार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको संचालन पानस अष्ट्रेलिया पुर्व अध्यक्ष  अजय राजवंशी र महासचिव दुर्गा उप्रेतीले गरेका थिए ।

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार १३:०८