२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

एडिलेडमा पासपोर्ट घुम्ती टोली आउदै, के गर्नु पर्छ त पासपोर्ट बनाउन ?


एडिलेड । नेपाली दुतावास अष्ट्रेलिया क्यानवेराको आयोजना र  नेपाली वाणिज्यदुतावास साउथ अष्ट्रेलियाको व्यवस्थापनमा आगामी अप्रिल ५-९ एडिलेडमा पासपोर्टका लागी घुम्ती शिविर आयोजना हुने भएको छ ।

शिविरमा एनआरएनए लगायतका सामाजिक संस्थाहरुको सहकार्यमा हुने साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमलाले बताएका छन् ।

शिविर मार्फत पासपोर्ट बनाउनका लागि दुतावासले तोके बमोजिमको फर्म भर्नु पर्ने साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत धमलाले बताएका छन् । जसको २०२५ को मार्च ३१ वा सो भन्दा कम समय वाकी भएकाले फर्म भर्न सक्ने छन् । पाच दिन सम्म हुने शिविरमा अधिकतमलाई सेवा दिन प्रयास गर्ने तर आवेदन फर्म बढि भएमा समयावधी र जरुरी हेरर प्राथमिकता क्रम निर्धारण हुने वाणिज्यदुत धमलाले बताए ।

जसका लागि लागि फ्रेब्रुअरी ३ भित्र फारम भरिसक्नु पर्ने छ । फर्म भरे पछि शुल्क लगायतको थप जानकारी इमेल मार्फत गराईने समेत जनाईएको छ ।

बाणिज्यदुत धमलाले राजदुतावासले पहिलो प्राथमिकतामा क्यानवेराबाट टाढाका राज्यहरुलाई राखेको र गत दशै अगाडि नै एडिलेडमा शिविर ल्याउन खोजिए पनि प्राविधिक कारणले ल्याउन नसके पनि अप्रिलमा शिविर ल्याउन सफल भएको बताए । उनले यसले खास गरि विद्यार्थी लगायत सरोकारवालाहरुलाई राहत हुने विश्वास व्यक्त गर्दै शिविर हुने जानकारी सबैमा पुराईदिन समेत आग्रह गरेका छन् ।

सरोकारवालाले तलको लिङ्कमा गएर फर्म भर्न सक्नु हुने छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSfTD1BtQX4eJMF7ErkeKwbfDG5o-gywTahJbqwIrODG1sa5sw/viewform?fbclid=IwAR3Glv4iFBYoApL4_sAXuo9a1ivx1sf63PQV34h2D8kTuiWJPjYWOVqzvvo_aem_AYqZcOMokuNMH2UO8XKhNelnkGIRTH3Okw74fN5Zw39DwtR1jHqkMiZ1sJTlO_7aBVk

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार ०५:५२