१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

उमेशकुमार पुनले पृथ्वीनारायण शाहबारे कविता लेखेर जिते एक लाख


२५ पुस, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पृथ्वीजयन्तीको अवसर पारेर गरेको ४० वर्ष मुनीको युवाहरूबीचको कविता प्रतियोगितामा सहभागी मध्ये ६ जना पुरस्कृत हुने भएका छन । राप्रपा प्रचार विभाग प्रमुख एवं प्रव्क्ता मोहनकुमार श्रेष्ठले ‘देशभित्र देखेको देश’ शीर्षकको रूकुम पश्चिमका उमेशकुमार पुनको कवित प्रथम भएको र उनले एक लाख राशीको नगद पुरस्कार प्राप्त गर्ने जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार कपिलवस्तुका सुभाष खनालको ‘पृथ्वीनारायण’ शीर्षकको कविता दोस्रो भएको छ । त्यस्तै संखुवासभाका सिजन श्रेष्ठको ‘पृथ्वीको यात्रामा पृथ्वी’ शीर्षकको कविता तीतृय भएको छ । त्यस्तै तीन जनाले प्रत्साहन प्राप्त गरेका छन । जसमा दाङका अविरल डिसीको ‘बाँचौ नेपाली बनी’, म्याग्दीकी निरूता बुढाथोकी ‘ए मेरा सन्तती हो’ र लमजुङका प्रविण अधिकारीको ‘बडामहाराजलाई पत्र’ रहेका छन ।

प्रथमले एक लाख प्राप्त गर्नेछन भने द्धितियले ५० हजार र तृतियले २५ हजार रूपैयाँ प्रापत गर्नेछन । त्यस्तै प्रोत्साहन पुरस्कार पाउनेले नगद १० हजार रूपैयाँ प्राप्त गर्नेछन । उनीहरूलाइ पौस २७ गते काठमाडौँको भृकुटीमण्डपमा हुने राप्रपाको जलपान समारोहमा पुरस्कृत गरिने र सो दिन कविताहरू पनि वचान गरिने श्रेष्ठले बताएका छन । साहित्यकार विश्वमोहन श्रेष्ठ, डा नवराज लम्साल र मोमिला जोशीले ३०५ जनको कविताबाट उत्कृष्ट ६ कविता छानौट गरेका हुन ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार ०९:५२