२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

एडिलेडमा मनाईयो उधौली पर्व, यस्तो छ परम्परा


एडिलेड । किरात सोसाइटी अफ साउथ अष्ट्रेलियाको आयोजनमा उधौली पर्व मनाइएको छ ।स्थानिय अक्ल्याण्ड पार्कमा आयोजित कार्यक्रममा परम्परा झल्कने सामाग्री सहित पुजा स्थल निर्माण गरिएको थियो ।

मार्ग शुक्ल पूर्णिमाकामा पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउने गर्दछन् । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ ।

किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउने परम्परा रहेको छ ।

यता साउथ अष्ट्रेलियामा प्रवासमा संस्कृति जोगाउदै नया पुस्तालाइ जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउछिन् किरात सोसाईटी साउथ अष्ट्रेलियाकी अध्यक्ष त्रिसना साङ्पाङ राई । उनले परदेशमा आफ्नो संस्कृति संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु नै सोसाइटीको  मुख्य उद्देश्य रहेको बताईन । सोसाइटीका अगुवा विनोद बान्तवाले उधौली पर्व भनेको प्रकृतीको पुजा भएको बताए उनले किराती समुदाय प्रकृति पुजक भएको समेत बताए ।

परम्परागत रुपमा भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुष जातीय भेषभुषामा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्ने गर्छन् ।

वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किराँतले मार्ग शुक्ल पूर्णिमा उधौली पूजा गरेपछि माथिबाट तल झर्ने अगुवा राईले बताए । उनले यसलाई पर्यावरण अनुकूलताअनुरूपका कामका रूपमा समेत लिइने बताए। जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उभौली पर्वलाई लिने गरिन्छ ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वास समेत रहेको अगुवा बान्तवाले बताए । यी दुवै पर्वलाई किराँत समुदायको मुख्य पर्व हुन ।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार ०८:२६