१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

जाडो मौसमको प्रकोपबाट गाडी सुरक्षित राख्न पुष २४ देखि सुजुकीको विन्टर फ्री सर्भिस


२३ पुस, काठमाडौँ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २४ देखि २६ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले, हामीले यसमा ध्यान पुराउन अत्यन्त जरुरी हुन्छ, सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उहाहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको कम्पनीले जनाएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ग्राहकहरुले लक्की द्र मार्फत वर्ष भरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जीत्नु सक्नुहुनेछ ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसीर हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनुहुनेछ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उहाँहरुले ५० प्रतिशत छुट पाउनुहुनेछ, पाट्र्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनुहुनेछ भने लेवर चार्जमा पनि २० प्रतिशत छुट पाउनुहुनेछ।

सुजुकीको विन्टर सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १२:२३