२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

अष्ट्रेलियाको पर्थमा मनायो टोपी दिवस


अष्ट्रेलिया । अष्ट्रेलियाको पश्चिमी शहर पर्थमा प्रवासी नेपाली मञ्च(ओएनएफ) वेस्ट्रन अष्ट्रेलियाको आयोजनामा नेपाली टोपी दिवस तथा नयाँबर्ष २०२४को शुभकामना आदानप्रदान कार्यक्रम  सम्पन्न भएको छ ।

बार बि क्यू सहित आयोजना गरिएको सो कार्यक्रममा बिभिन्न प्रकारका खेलकुद प्रतियोगिता समेत संचालन गरिएको थियो | बालबच्चा देखि सबै उमेर समुहका लागि खेलहरु संचालन गरिएको थियो ।  बिजेता तथा उपबिजेताहरुलाई पुरस्कार बितरण गरिएको थियो।

मञ्चका अध्यक्ष श्री तेजेंद्र बिक्रम मल्लको सभापतित्वमा भएको औपचारिक  कार्यक्रमको संचालन मञ्चका सचिब गोपाल घिमिरेले गरेका थिए ।

कार्यक्रममा एनआरएनए अन्तराष्ट्रीय समवन्य परिषदका सल्लाहकार तथा ओएनएफ अष्ट्रेलियाका सल्लाहकार भैरव ढकाल, सिटी अफ अर्माडेल काउन्सिलका काउन्सिलर शानाभास पिटर, ओएनएफ ओसियाना कमिटीका सदस्य मधु पन्थि, ओएनएफ अष्ट्रेलिया कमिटीका उपसचिब तथा पश्चिम अष्ट्रेलिया इन्चार्ज होमनाथ निरौला, ओएनएफ  सल्लाहकार तथा एनआरएनए अष्ट्रेलियाका पुर्व उपाध्यक्ष  कृष्णमान श्रेष्ठ,  एनआरएनए वेस्ट्रन अष्ट्रेलियाका कोर्डिनेटर शेखर घिमिरेले शुभकामना मन्तब्य राखेका थिए ।

यसैगरि शुभकामना मन्तब्य राख्नेहरुमा एनआरएनए वेष्टन अष्ट्रेलियाका उप संयोजक महेश लामा, एनआरएनए वेस्टन अष्ट्रेलियाका सदस्य बिर्रेन्द्र उदास, युथ कोर्डिनेटर  मनिष सिग्देल, महिला कोर्डिनेटर मीम सुभ गुरुंग , सल्लाहकार एकराज राई , एनआरएनए राष्ट्रीय कमिटीका सल्लाहकार दिपक पराजुली , नावाका पुर्व अध्यक्ष यादव शर्मा, नावाका सदस्य समुन्द्र पुरी , ओएनएफका सचिवालय सदस्य याम पन्थी , याम केसी , दिपक सुबेदी , मंचका पुर्ब अध्यक्ष अग्निघर भन्डारी , मगर समाजका अघ्यक्ष टेक मगर , तामांग समाजकी अन्जु तामांगले समेत शुभकामना सन्देश व्यक्त गरेका थिए ।

कार्यक्रमको खानपिनको तयारी, ब्यबस्थापन हिमाली गोर्खा रेष्टुरेन्टका संचालक तथा मञ्चका सल्लाहकार कृष्णमान श्रेष्ठ सहितको स्वयमसेवक टिमले गरेको थियो । भने कार्यक्रममा प्रमुख अतिथि तथा स्थानिय व्यवसायी भैरव ढकाले सौजन्य स्वरुप प्रदान गरेको टोपी सहभागी विच वितरण गरिएको थियो ।

औपचारिक कार्यक्रम पछि मनोरन्जात्मक तथा खेलकुद कार्यक्रमको सन्चालन क्रमश दीपक सुबेदी, सिर्जना सुब्बा , पुष्प तामाङ र बिष्णु बरालले गरेका थिए ।

उत्त्साजनक र मनोरन्जनात्म प्रस्तुति तथा सृजनात्मक गतिबिधिले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो |

कार्यक्रमको अन्त्यमा ओएनएफ अष्ट्रेलियाका उपसचिब होमनाथ निरौलाले खेलका बिजयीहरुलाई पुरस्कार बितरण गरेका थिए भने यामलाल पंथीले उपस्थिति सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १०:४३