१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

टाटाको इभीपछि चर्जिङमै जल्न थाल्यो एमजीको इभी, ढाकछोपमा कम्पनी


१७ पुस, काठमाडौँ । टाटाको नेक्सन इभी गुड्दा गुड्दै र चार्चिमा आगो  लगेका केही घटनापछि केही दिनअघि एमजीको इभीमा पनि आगलागी भएको खुलासा भएको छ । एमजीको एभीमा आगलागी भएको ९ दिनपछि मंगलबार घटना बाहिर आएको छ । प्रहरीका अनुसार चार्जिङमै राखेको अवस्थामा गाडीमा आगलागी भएको हो ।

प्रहरीका अनुसार काठमाडौँको बुढानिलकण्ठमा बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको एमजीको इभीमा चर्जिङमा राखेकै ठाउँमा आगलागी भएको हो । प्रहरीले पुस ९ गतेको राति सुदीप लामिछानेको घरमा चर्जिङमा राखिएकै अवस्थामा गाडीमा आगलागी भएको बताएको छ ।

गाडीमा आगलागी भएर प्रहरी घटनास्थल पुग्दा गाडी पुरै जलिसेको बुझिएको छ । प्रहरीले सोही राति गाडी धनी र कम्पनीका प्रतिनिधिको रोहबरमा मुचुल्का समेत तयार गरेको जनाएको छ । यसबारेमा कम्पनीका प्रतिनिधिहरूले भने केही बताएका छैनन् । नेपालमा पारामाउण्ट मोटर्सले एमजीको बिक्री बितरण गर्दै आएको छ ।

इभीहरूले उकालोमा दुःख दिने गरेको भन्दै धेरैले दुःखेसो गर्ने गरेका छन । कतिपयले त बीचबाटैमा गाडी छाडेर अर्को गाडीमा समेत यात्रा गरेको अनुभवहरू सामाजिक सञ्जालमा राख्ने गरेका छन । नेपालमा पनि इभीले आक्रमक रूपमा बजार लिइरहेको छ । तर सबैजसो कम्पनीका प्रतिनिधले सय किलोमिटर गुड्ने गाडीलाई पनि दुई सय किलोमिटर गुड्छ भन्दै झुक्याउने गरेका छन । काठमाडौँ उपत्यका वा सहरी क्षेत्रमा इभी प्रयोग गर्ने बाहेकका उपभोक्ताले हरेक दिनजसो विभिन्न समस्याहरू भोगिरहेका छन ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार २१:५१