२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

प्रचण्ड संग असन्तुष्ट भएर प्रवासी माओवादी नेताले छोडे पार्टी


अष्ट्रेलिया । नेकपा माओवादी केन्द्रको प्रवासी शुभेच्छुक संस्था नेपाली जनप्रगतिशील मञ्च (एनपिपिएफ) साउथ अष्ट्रेलियाका अध्यक्ष कृष्ण भट्टराई `क्रिश´ले पार्टी परित्याग गरेका छन् ।

भट्टराईले एक विज्ञप्ति निकाल्दै भर्खरै प्रधानमन्त्री प्रचण्डले सरकारको एक बर्ष गाठको सन्दर्भमा आयोजित सम्बोधनबाट सर्वसाधारण संगै आफु पनि सन्तुष्ट हुन नसकेको उल्लेख गरेका छन् । उनले गणतन्त्र प्राप्तिको १५ बर्षमा पनि जनताले आश्वासन मात्र पाएकाले निराशा बढेको बताएका छन् । पार्टी नेतृत्व प्रति इकित गर्दै परिवारवाद फसेको बताउदै प्रचण्ड सहितको नेतृत्व लाई नवसामन्तको आरोप लगाउदै उनीहरुबाट मुलुकको समृध्दि हुने अपेक्षा सकिएको बताएका छन् ।

जारी वक्तव्यमा विद्यार्थी कालबाटै माओवादी पार्टीको भातृ संस्थामा संलग्न भएको बताउदै हाल प्रवासमा रहेको आफ्नो सांगठनिक जिम्मेवारीबाट समेत राजिनामा दिईको जनाएका छन् । भने नयाँ ढंगले छलफल गर्दै नेपाल र नेपालीको पक्षमा इमानदारी लाग्ने प्रण समेत गरेका छन् ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार १७:५९