१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

महोत्सव गदै मनाईयो तमु ल्होछार, खेलकुद प्रतियोगितामा को को भए विजयी ?


एडिलेड । तमु घी साउथ अष्ट्रेलियाको आयोजनामा तमु ल्होछार भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाल सहित विश्व भरि रहेका नेपालीहरु संगै एडिलेडमा रहेका गुरुङ सहित नेपाली समुदायले हर्षोउल्लासका साथ ल्होसार पर्व मनाएका छन् । गुरुङ समुदायले प्रत्येक वर्ष पौष १५ गतेलाई ल्होसार पर्वका रुपमा मनाउने गर्दछन् । तमु भाषामा `ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमू ल्होसार मनाउने चलन छ ।

तमु घी साउथ अष्ट्रेलियाले स्थानिय थेवाटन समुदायिक हलमा बिहान १० वजेबाट बिहान खेलकुद कार्यक्रम शुरु गरेर साँझ सास्कृतिक कार्यक्रम सहित औपचारिक कार्यक्रम गर्दै महोत्सवकै रुपमा कार्यक्रम गरिएको थियो ।

आयोजित डोरी तान्ने प्रतियोगिताको पुरुष तर्फको खेलमा तमु धी विजयी र अजी ड्रुक उप विजेता भएका थिए । भने महिलाहरुको खेलमा तमु धी विजयी र अजी ड्रुक नै उप विजेता भएका थिए ।

यसै गरि  छेलोमा अशोक थापा विजयी भएका थिए । नेपालको राष्ट्रिय खेल डन्डिवियोमा मगर समाज टिमले जित हासिल गरेको थियो । भने उप विजेता एडिलेड खुकुरी क्लव भएको थियो ।

महिलाहरुको डोरी टान्ने प्रतियोगितामा तमु घी बिजयी भएको थियो । भने उप विजेता भुटानी नेपालीहरुको टिम अजि ग्रुग भएको थियो । यसै गरि पुरुष तर्फको खेलमा तमु घीको टिम विजयी र एडिलेड खुकुरी क्लवको टिम उप विजेता भएको थियो ।

ऐतिहासिक लिगलिगे दौडको संझनामा भएको १०० मिटरको  लिगलिगे दौडमा बालबालिकाहरु तर्फको खेलमाआयुष गुरुङ पहिलो भएका थिए । भने पुरुष तर्फको खेलमा प्रथम सिद्धान्त कार्की, दोस्रो केशर मगर र तेस्रो स्वयं राना भएका थिए |

महिला भलिबलमा तमु घिको टिमलाई अजी ड्रुकले पराजित गरेको थियो । यसै गरि पुरुष भलिबलमा आठ टिम सहभागी रहेका थिए । फाइनल खेलमा अजी ड्रुगलाई पराजित गर्दै ईजी कन्भिन्सिङले विजय हासिल गरेको थियो ।

साझ भएको सांस्कृतिक कार्यक्रममा नेपालको सबै भाषा जातजाति झल्कने गित संगित नृत्यहरु प्रदर्शन गरिएको थियो । भने सोहि क्रममा सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो । साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमला, म्यारियन काउन्सिल सदस्य रेनुका लामा, साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्का र रेनार्ड स्टुर्भ, एनआरएनए अष्ट्रेलियाकी उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरी लगायतका अतिथिहरुले सहयोगीहरु प्रमाण पत्र सहित खादा लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा यस बर्षको कक्षा १२ उत्तिण हुने गुरुङ समुदायका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । भने नेपालको बहुसास्कृति पक्ष झल्कने गरि फेस परेड गरिएको थियो ।

कार्यक्रममा गुरुङ महिलाहरु शीरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाएर सजिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो, कछाड र पटुकी लगाएका थिए । भने कतिपय सहभागीले आ-आफ्ना सांस्कृतिक पहिचान झल्कने पोशाक सहित उपस्थित भएका थिए ।

एनआरएनए अष्ट्रेलियाका सचिव समेत रहेका तमु अगुवा कार्यक्रम संयोजक थीर गुरुङले दैनिकी संग कुरा गर्दै सहभागी तथा प्रायोजक सहित सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार ११:४९