१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

नाडामा जसलाई हराए उसैलाई सर्वसम्मत नेतृत्व सुम्पिँदै अध्यक्ष ध्रुव थापा


१३ पुस, काठमाडौँ । अटोमोबाइल्स् एसोसिएसन अफ नेपाल (नाडा)को नयाँ नेतृत्व चयनमा सहमति जुटाउन अध्यक्ष ध्रुव थापाले महत्वपूर्ण योगदान गरेका छन । गत निर्वाचनमा आफैँसँग ६६ मतले पराजित भएका करण चौधरीलाई नेतृत्व सुम्पदै थापाले सर्वसम्मतिको अभ्यासको पुन थालनी गराएका छन । यसअघिको नेतृत्व चयनको समयमा थापा र चौधरीले फरक फरक प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए ।

तर थापाले यस पटक सर्वसम्मत नेतृत्व चयनका लागि भूमिका खेलेर यही पुसको २० र २१ गते हुने नाडाको ४७औं साधारणसभाबाट नयाँ नेतृत्वको घोषाणामात्र हुने गरी सर्वसम्मत बनाएका छन । शुक्रबार भएको मनोनयनमा सबै पदमा एक मात्र पदमा उम्मेदवारी परेपछि सबै पदमा निर्विरोध भएको छ । अध्यक्षमा चौधरी निर्विरोध भए पनि अन्य पदाधिकारीको भने कार्यसमिति भित्र अर्को निर्वाचन हुनेछ ।

शुक्रबार नाडाको १७ सदस्यीय कार्यसमितिमा आकाश गोल्छा, राजन श्रेष्ठ, निराकर श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया,मिलनबहादुर मल्ल, सौरभ थापा निर्वािरोध निर्वाचित भएका छन । त्यस्तै पंकज अग्रवाल, सुनिल रिजाल, यमुना श्रेष्ठ, प्रदिपमान प्रधान, प्रकाश कपुरी, दीपेन्द्र मिश्र,नवराज भुषाल, कपिल शिवाकोटी, रिद्दि कार्की र सन्जय खेतान पनि निर्विरोध भएका छन ।

यस्तै सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्य समेत निर्विरोध निर्वाचित भएका छन । जस अनुसार कोसीबाट सञ्जयकुमार श्रेष्ठ, मधेशबाट तेजनारायण साह, बागमतीबाट कुलबहादुर क्षेत्री, गण्डकीबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेशबाट गणेशप्रसाद भट्टराई, कर्णाली प्रदेशबाट भद्र भण्डारी र सुदुरपश्चिमबाट पुष्करराज ओझा निर्वाचित भएका छन ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १८:११