१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस शेयर दिने, यस्तो छ लाभांशको व्यवस्था


३ पुस, काठमाडाैँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले सोमबार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले घोषणा गरेको बोनस शेयरका लागि कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा समेत गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार ११:२१