१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद शेयर दिने


३ पुस, काठमाडाैँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई १७ प्रतिशत हकप्रद शेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो । जीवन बीमा कम्पनीहरुका लागि बीमा प्राधिकरणले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेपछि बीमा कम्पनीहरू हकप्रद सेयर जारी गर्न लागिपरेका हुन ।

साविकका महालक्ष्मी लाइफ र प्रभु लाइफ मर्ज भएर पनि प्रभु महालक्ष्मीको चुक्ता पुँजी ५ अर्ब पुग्न सकेको थिएन । १७ प्रतिशत हकप्रद दिए पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब माथि हुनेछ । हकप्रद जारी गर्न भने नियामक निकाय बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले अनुमति दिनुपर्नेछ ।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार ११:१५