सेयर बजारमा दोहोरो अंकको सुधार, २ अर्ब ७९ करोडको कारोबार
२१ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७३ अकंले बढेर १८५२.७७ बिन्दुमा बन्द भएको छ । बिहिबार २९९ कम्पनीको ९५ लाख ५ हजार ६०८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।
चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र नबिल ब्यालेन्स फण्ड २ को शेयरमूल्यमा उच्च वृद्धि भएको हो । आज ग्लोबल लघुवित्त वित्तीय संस्था लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन नेपाल रि–इनस्यारेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार १५:१६












