त्रिशुली जलविद्युत कम्पनीको कारोबार सुरु, कतिमा भयो पहिलो खरिदबिक्री ?
२१ मंसिर, काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीको कारोबार सुरु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको केही समयपछि कम्पनीको कारोबार सुरू भएको हो ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेको स्पेसल प्रि-ओपन सेसनमा कम्पनीको २६८ रुपैयाँमा पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ८९.३८ रुपैयाँ देखि २६८.१४ रुपैयाँसम्मको आपेनिङ रेन्ज तोकेको थियो ।
प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार ११:३८












