नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड आज, कतिले पाउछन् सेयर ?
२० मंसिर, काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ आज मंसिर २० गते बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार कम्पनीको आईपीओ आज बिहान १० बजे बाँडफाँड हुने भएको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५७ हजार ७५६ जना आवेदकले १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन माग भन्दा ११.९५ गुणा बढी आवेदन हो। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ६४ हजार १२५ जनाले मात्र सेयर हात पार्नेछन् ।
बाँकी ११ लाख ४३ हजार ६३१ जनाको भने हात खाली हुनेछ । कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ।
प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार ०९:२५












