२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

सेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ५४ करोडकाे काराेबार

१९ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १०.१० अकंले घटेर १८३७.७१ बिन्दुमा बन्द भएको छ । मंगलबार २९२ कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार रुपैयाँको कारोबार भएकोछ ।

आज जीवन बीमा समूह बाहेक १२ उपसूचक राताम्य भएका छन् । आज सिंगटी हाइड्रो इनर्जीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७५ रुपैयाँ पुगेको छ । यस दिन बिशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । मंगलबार माउन्टेन इनर्जि नेपाल लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १५:२०