माविलुङ्ग ईनर्जीले आईपीओ निष्कासन गर्ने, बोलायो साधारणसभा
१९ मंसिर, काठमाडौं। माविलुङ्ग ईनर्जीले आईपीओ निष्कासन गर्ने भएको छ । कमपनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न मंसिर २१ गते वार्षिक साधारणसभा बोलाएको छ ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । साथै, सभाले वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८०र०८१ को लागि लेखापरिक्षक नियुक्त,कम्पनीको कार्ययोजना तथा अन्य प्रस्तावहरु पारित गर्ने छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका १८ करोड ९० लाख ५४ हजार रकम बराबरको १८ लाख ९० हजार ५४० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ ।
प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १०:५८












