२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ तपाईलाई पर्यो कि ? यसरी हेर्नुहोस् नतिजा

१९ मंसिर, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँड भएको हो।

 कम्पनीको आईपीओमा कुल १३ लाख ४० हजार १९९ आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। बिक्री प्रबन्धकका अनुसार कुल आवेदनमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीकाे आईपीओ अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा प्रकाशन भएपछि बिक्री प्रबन्धकको वेबसाइट     https://www.nimbacecapital.com/,  मेरो शेयरको वेबसाइट  http://meroshare.cdsc.com.np/#/login र  सिडिएसको वेबसाइट   http://iporesult.cdsc.com.np/बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १०:३८