२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

सेयर बजारमा झिनो अंकको गिरावट, १ अर्ब बढीको कारोबार

१८ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.४२ अकंले घटेर १८४७.८१ बिन्दुमा बन्द भएको छ । सोमबार २९२ कम्पनीको ३८ लाख ९६ हजार २८७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । कम्पनीको सेयरमूल्य यस दिन ८.०६ प्रतिशतले बढेर प्रतिकित्ता १२२ रुपैयाँ पुगेको छ । आज  माउन्टेन इनर्जी नेपाल लिमिटेड र एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । सोनापुर मिनिरल्स सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार १५:१२