२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

नेप्सेमा ८ लाख ९ हजार कित्ता बोनस सेयर सूचिकृत

१५ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा शुक्रबार नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको २० प्रतिशत बोनस बापतको ८ लाख ९ हजार ६०० कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त लघुवित्तको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १२:१४