१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ अपडेट

१४ मंसिर, काठमाडौं। हिमालयन रि इन्स्योरेन्सको आईपीओमा करिब ६० प्रतिशत भन्दा बढी आवेदन परेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा  बुधबारसम्ममा करिब ६० प्रतिशत भन्दा बढी आवेदन परेको हो ।

कम्पनीले आईपीओमा बुधबारसम्ममा २१ हजार ७६५ जना आवेदकले ४२ करोड १९ लाख १० हजार रुपैयाँभन्दा बढीको २० लाख ४८ हजार ११० कित्ता सेयर खरिदका लागि आवेदन दिएका सिडीएसीले जनाएको छ ।  कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निष्कासन गरेको छ ।

कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ता र अधिकतम ३ लाख कित्तासम्मका लागि मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार ०९:३२