१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुद्ध एयरले धाेका दियाे, यात्रुकाे विचल्ली


२२ कात्तिक, काठमाडाैँ । बुद्ध एयरले यात्रुकाे विचल्ली पारेकाे छ । दश दिन अघिदेखि टिकट काटेर बुद्धले अाज यात्रुकाे विचल्ली पारेकाे हाे । बुद्धलेे काठमाडौँ भरतपुरका लागि दुई हप्ता अघि टिकट काटेर अाज २:३० काे फ्लाइट क्यान्सिल गरेकाे छ ।

भाइटीका लागि जान सजिलाेहाेस भनेर टीकट काटेका चितवन खैरहनीका सविन पाठकले बुद्धले गैरजिम्मेवारी देखाएकाे बताए । विमानस्थलमा बाेलाएर तीन घण्टा कुराएर फ्लाइट क्यान्सिल गरेकाे जानकारी दिएकाे भन्दै उनले असन्तुष्टि पाेखेे । १:३० काे फ्लाइट समेत अहिलेसम्म नभएकाे उनले बताए । चाडबाडकाे मध्य समयमा यात्रुलाई तनाव दिएकाेमा माफी माग्दैै टिकटको पैसा सबै फिर्ता दिने जनाएकाे छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७५, बिहीबार १६:४७