१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कांग्रेस उपसभापतिमा विजय कुमार गच्छदार मनाेनित


काठमाडौँ । नेपाली काँग्रेस उपसभापतिमा विजय कुमार गच्छदार मनाेनित भएका छन् । कांगेसकाे केन्द्रीय समितिको बैठकले तत्कालीन फोरम लोकतान्त्रिकसँगको एकताका बेला भएकाे सहमति अनुरुप विजयकुमार गच्छादारलाई उपसभापतिमा मनोनयन गर्ने निर्णय गरेको हाे

मंसिर ५ देखि ९ गतेसम्मका लागि बोलाइएको नेपाली काँग्रेसको महासमिति बैठकभने तीन साता पछि सरेको छ । मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमिति बैठक मंसिर २८ देखि पुष ३ सम्म बस्नेगरी सारेको हो ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि काँग्रेस नेता रमेश लेखकले समयअभावका कारण मंसिर ५ गतेबाट बोालइएको महासमिति बैठकपछि सार्नु परेको बताए । यसैगरी आजको बैठकमा नेविसंघको अधिवेसनका बारेमा कुनै छलफल नभएको नेता लेखकले बताए ।

यसैबीच आजको बैठकले लेखा परीक्षण समिति गठन गरेको छ । समितिको संयोजकमा श्याम घिमिरे तोकिएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७५, मंगलवार १६:४२