२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक भोलि, महासमिति बैठक सार्ने एजेण्डा मुख्य


१९ कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने भएको छ । मंसिर ५ देखि ९ गतेसम्मका लागि तय महासमिति बैठक दुई हप्ताका लागि सार्ने चर्चा चलिरहेका बेला कांग्रेसले भोलि मंगलबार बैठक आह्वान गरेको हो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पाैडेलले मंगलबार मध्याह्न १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको दैनिकीलार्इ जानकारी दिए । बैठको मुख्य एजेण्डा महासमितिको बैठक सार्ने रहेको बुझिएको छ ।

यता विधान संशोधनको मस्यौदामा छलफल गर्ने समय अपुग भएकाले मंसिर २० पछि महासमिति बोलाउनु पर्ने मत महामन्त्री डा शशांक कोइराला लगायतको रहँदै अाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार १३:५४