आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
१६ असाेज, काठमाडौं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५६ अकंले घटेर १९५८.७२ बिन्दुमा बन्द भएको छ ।
आज सेयर बजारमा गिरावट आउँदा समता घरेलु लघुवित्तको सेयर मूलय सर्वाधिक बढेको छ । कम्पनीको सेयरमूल्य ७.९१ प्रतिशतले बढेको छ ।
त्यसैगरी, घलेम्दी हाइड्रोको ७.८१ प्रतिशत, हिमालयन लघुवित्तको ६.२२ प्रतिशत, आशा लघुवित्तको ५.८० प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ४.५१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १५:४१












