नेप्सेमा दोहोरो अकंकाे गिरावट, दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि
१६ असाेज, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५६ अकंले घटेर १९५८.७२ बिन्दुमा बन्द भएको छ । आज २८१ कम्पनीको ३९ लाख ६५ हजार ९१७ कित्ता सेयर किनबेच हुंदा १ अर्ब १९ करोड ९१ लाख १ हजार रुपैयाँको कारोबार भएको छ ।
दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्था र घलेम्दी हाइड्रो लिमिटेडकाे सेयरमूल्यमा उच्च वृद्धि भएको हाे । आज सामुदायिक लघुवित्त वित्तीय संस्था र सिद्धार्थ इनभेष्टमेन्ट ग्रोथ स्किम–२ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १५:२९












