२ पुष २०८२, बुधबार | Wed Dec 17 2025

भिजन लुम्बिनीको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

१५ असाेज, काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेकाे आईपीओ बाँडफाँड गरिएकाे बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएकाे छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरको १ लाख ९१ हजार २५० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरुमा बिक्री गरेकाे थियो । निष्काशन अवधि भित्र जम्मा २९ हजार ८३० जना आवेदकहरुबाट ७ लाख ५२ हजार ४८० कित्ताका लागि आवेदन परेको थियो । साे अवधिमा रितपूर्वक आवेदन दिने २९ हजार ८२२ जना आवेदकहरुबाट प्राप्त भएको ७ लाख ५२ हजार ३८० कित्ता बाँडफाँडको लागि योग्य रहेको थियो । उक्त आवेदनहरु मध्ये १९ हजार १२५ जना आवेदकहरुलाई १० कित्ताका दरले सेयर बाँडफाँड भएको हो ।

आईपीओ  बाँडफाँडको नतिजा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको  वेबसाइट :    http://www.muktinathcapital.com

, मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login र सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १६:५४