सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारीमा आयल निगम
९ असोज, काठमाडौं । नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । मंगलबार नेपाल एलपि ग्यास उद्योग संघको २८औं वार्षिक साधारण सभामा बोल्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बताएका छन् ।
कार्यकारी निर्देशक थानीले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए ।
कम्तीमा दुई आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको उनले बताए ।
सर्वसाधारण जनतालाई समेत निगममा ओनरसीप बनाउन आईपीओ जारी गर्ने उनको भनाइ थियो । उनले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधारणलाई आईपीओ दिने तयरी रहेको बताए । विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने उनले बताए ।
प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १४:३५












