आईपीओ निष्कासन गर्ने तयारीमा हिमालयन टाइम्स मिडिया, बोलायो साधारणसभा
९ असोज, काठमाडौं । हिमालयन टाइम्स मिडिया इन्टरटेन्मेन्ट एण्ड टेक मिडियाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न असोज २७ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीकाे असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सभामार्फत पारित गर्ने निणर्य गरेको हो। सभा लाजिम्पाटस्थित डुसुइट प्रिन्सेस होटेलमा दिउँसो ४ बजे हुनेछ। सभाले आईपीओ निष्कासन प्रस्तावसँगै बोनस सेयर जारी गर्ने र कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्तावसमेत पारित गर्नेछ।
यसैगरी सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्तिको विषय पनि पारित गर्नेछ।
प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १३:३९












