समृद्धिको बुटवल शाखा स्थानान्तरण, थप शाखाहरु संचालन गर्ने फाइनान्सकाे योजना
९ असाेज, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका वडा नं.५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आईरहेका बुटवल शाखा कार्यालय स्थानान्तरण भएको छ ।
बुटवल उप महानगरपालिका वडा नं. ६, अमरपथमा स्थानान्तरण भई संचालनमा आएको शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम आज सोमबारका दिन संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले रिबन काटेर दीप प्रज्वलन गरेका हुन् । फाईनान्सको बुटवल शाखा कार्यालय प्रमुख बिष्णु प्रसाद रिजालले उक्त कार्यक्रम संचालन गरेका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृतले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवा सुबिधा र शाखा कार्यालय स्थानान्तरणको आवश्यकता र महत्वको विषयमा प्रकाश पार्दै मन्तव्य समेत राखे ।
उक्त कार्यक्रममा लुम्बिनी साकोस बुटवलका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको आतिथ्यताका साथै बुटवल क्षेत्रका समाजसेवी, बुद्धिजिवि, सहकारी संस्थाका संचालकहरु र स्थानिय सर्वसाधारणहरु तथा संस्थाका ग्राहकहरु लगायत अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
शाखा सञ्जाल तेह्र वटा रहेको यस फाइनान्सले अर्को बर्ष थप केहि शाखाहरु पनि संचालन गर्ने योजना रहेको जनाएको छ । संस्थाको निः शुल्क मोबाइल बैंकिङ्ग, डेबिट कार्ड,एसएमएस अलर्ट,रेमिटान्स,आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ्ग, RTGS लगायतका सेवाहरु सञ्चालनमा रहेको छ ।
निक्षेपमा उच्चतम १२.७५ प्रतिशतसम्मको आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्नवर्ग कर्जा, व्यावसायकर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।
प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १०:३१












