दुई इन्स्योरेन्स कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
८ असाेज, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)आज ५.८९ अकंले घटेर २००४.४५ बिन्दुमा बन्द भएको छ । सोमबार २८४ कम्पनीको ६५ लाख १६ हजार ६ कित्ता सेयर किनबेच हुदाँ कारोबार १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजार घट्दा पनि सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।कम्पनीको यस दिन ७ करोड ६८ लाख ९६ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्सको ६ करोड ५८ लाख ६१ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ४ करोड ४३ लाख ४८ हजार रुपैयाँ, शिवम् सिमेन्टको ३ करोड ४९ लाख ६२ हजार रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको ३ करोड ४३ लाख १२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १५:२९












