२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

नेप्सेमा थप एक कम्पनीको आईपीओ सूचिकृत, कति छ ओपनिङ रेञ्ज ?

७ असाेज, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार थप एक कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ सूचिकृत भएको हो ।

नेप्सेमा कम्पनीकाे कुल ८० लाख कित्ता साधारण सेयर सूचीकृत भएकाे हाे । पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतममा  ७४ रूपैयाँदेखि अधिकतम २२२ रुपैंयासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे छ । कम्पनीको स्टक सिम्बोल एमइएचएल’ रहेको छ । सूचिकृत पश्चात उक्त सेयर अब भोली सामेबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार १४:५५