२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

कहिले हुन्छ मिड सोलुको आईपीओ बाँडफाँड ? यस्तो छ तयारी

७ असाेज, काठमाडौं । मिड सोलु हाइड्रोपावरको आईपीओ मंगलबारसम्म बाँडफाँड हुने भएको छ । आज दिउसो १ बजेसम्म प्रिअलटमेन्ट हुने र सोमबार वा मंगलबारसम्म बाँडफाँड हुने बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जनाएकाे छ ।

कम्पनीको आईपीओमा १३ लाख ५६ हजार ६९७ जनाले १ करोड ५१ लाख ४१ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा २४.३७ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीकाे आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ६२ हजार ११७ जनाले १०/१० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् । सोहि मध्येका २ जनाले भने ११ कित्ता सेयर हात पार्नेछन् । भने बाँकी १२ लाख ९४ हजार ५८० जनाको हात रित्तो हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो । सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीहरु ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । यस्तै, कम्पनीका कर्मचारीहरुलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार १२:०८