नेप्सेमा एक कम्पनीको आईपीओ सूचिकृत, कति छ ओपनिङ रेञ्ज ?
७ असाेज, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचिकृत भएको हो । नेप्सेमा कम्पनीकाे ५० लाख ९८ हजार ४० कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।
पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतममा ९७ रूपैयाँ ८७ पैसादेखि अधिकतम २९३ रुपैंया ६१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘युएलएचसी’ रहेको छ । सूचिकृत पश्चात उक्त सेयर अब भोली सामेबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।
प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार ११:५३












