१२ करोडको सीमा हट्ने हल्लासँगै सेयर बजारमा उछाल, १० कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट
४ असाेज, काठमाडाैं । साताकाे अन्तिम दिन बिहीबार सेयर बजारमा उछाल आएको छ । सेयर धितो कर्जामा १२ करोडको सीमा हट्ने हल्लाले बजारमा उच्च अंकको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.३४ अकंले बढेर २०२९.७८ बिन्दुमा बन्द भएको छ ।
आज २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब २९ करोड ३९ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजार बढेसँगै नेप्सेमा कारोबार भएका १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आज नेशनल हाइड्रोपावर, दिब्यश्ररी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर लगायतकाे कम्पनीमा सकारात्मक सर्किट लागेकाे हाे ।
आज एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको यस दिन सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार १५:२५












