२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

ह्याम्स हस्पिटलले आईपीओ निष्कासन गर्ने, बाेलायाे साधारणसभा

४ असाेज, काठमाडौं । ह्याम्स हस्पिटलले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि असोज २६ गते साधारणसभा बोलाएको छ ।

सभा कम्पनीको कार्यालय, बुढानिलकण्ठ, काठमाडौंमा दिउसो २ बजे बस्ने गरी आव्हान गरेको हो । साथै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आईपीओ निष्कासन गर्ने र यी कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालकलाई समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार १२:५२