२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

समृद्धि फाइनान्सले ल्यायो बचत धमाका योजना, आठगुणासम्मको उच्चतम प्रतिफल पाइने

४ असोज, काठमाडौं । बचतकर्ताको बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हालको समय सापेक्षलाई मध्यनजर गर्दै समृद्धि बचत धमाकाको योजना अघि ल्याएको छ।

उक्त योजनाअन्तर्गत ग्राहकले समृद्धि फाइनान्सको धमाका योजनामा आफ्नो बचतलाई ७५ महिना २० दिनमा दोब्बर, ११९ महिना २८ दिनमा तीनगुणा, १७५ महिना २१ दिनमा पाँचगुणा र २२७ महिनामा आठगुणासम्म बढाउन सक्नेछन्।

यसका साथै रेमिट्यान्स बचत धमाका योजनाअन्तर्गत बचतकर्ताले आफ्नो बचतलाई ६९ महिना २३ दिनमा दोब्बर, ११० महिना १७ दिनमा तीनगुणा, १६१ महिना २९ दिनमा पाँचगुणा र २०९ महिना ८ दिनमा आठगुणासम्मको उच्चतम प्रतिफल पाउन सक्नेछन्।

त्यस्तै समृद्धि फाइनान्सले बचत तथा मुद्दति खातामा पनि उच्चतम ब्याजदर दिइरहेको छ। बचतमा १० प्रतिशतसम्म र मुद्दतिमा ११.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको छ। संस्थाले निक्षेपकर्तालाई प्रोत्साहन होस भनेर अधिकतम व्याजको योजना अघि सारेको बताएको छ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार ११:५५