१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रधानमन्त्री केपी शर्मा अोली अस्पतालबाट डिस्चार्ज, केहीबेरमा बालुवाटार फर्कदै


१६ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा अोली अस्पतालबाट डिस्चार्ज भएका छन । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य बनेपछि त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेन्टरले डिस्चार्ज लेखेको हो ।

सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले अोली समान्य बनेको बताएका छन । उनले अोलीको अाज बिहान परीक्षण गरिएका सबै रिपोर्टहरू समान्य रहेको बताएका छन । प्रधानमन्त्री अोलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीको डिस्चार्ज भैसकेको भन्दै केहीबेरमा निवास फर्कने जानकारी दिए ।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार अोली अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोलीले उपचार गरेको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १८:१२