२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

धरानका मेयर हर्क साम्पाङले आफूलाई प्रश्न गर्ने युवकलाई प्रहरी लगाएर थुनाए

२३ भदाै, काठमाडाैँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले आफूलाई प्रश्न गर्ने युवकलाई प्रहरी लगाएर हिरासतमा पुर्‍याएका छन्।

शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना अभियान सञ्चालन गरिरहेकाे समयमा आफूलाई प्रश्न गरेपछि मेयर साम्पाङले स्थानीय युवा अशोक लिम्बूलाई प्रहरी लगाएर थुनाएका हुन्।

उनले नगरमा डेंगीले मान्छे मरिरहेका बेला अर्कै अभियान सञ्चालन गरिरहेको भनेर मेयर साम्पाङको आलोचना गरेका थिए। त्यस क्रममा दुई जनाबीच भनाभन भएको थियो।

नगर प्रहरी लगाएर पक्राउ गरिएका लिम्बूलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ। उनीविरुद्ध कुनै खालको उजुरी भने नपरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार १४:२२