२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

सारूकको मृत्युबारे मुख खोल्दै नम्रताले भनिन्, मैले प्रहरीमा वयान दिइसकेँ


११ भदौ, काठमाडौँ । नायिक नम्रता श्रेष्ठले नायक सारूक ताम्राकारको रहस्यमय भनिएको मृत्युबारे मुख खोलेकी छिन । केही दिनअघि लेखेको उनको धारणा सोमबार सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन । नम्रताले आफूले घटनाको बारेमा प्रहरीको वयान दिइसकेको समेत बताएकी छिन ।

सारूकको आत्महत्याका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सारूकले आत्महत्या अघि नम्रतासँग विवाद गरेको भन्ने खालका समाचारहरू बाहिर आएपछि उनले आफूविरुद्ध एकतर्फीरुपमा प्रहार गरिएको भन्दै घटनाका सम्बन्धमा आफ्नो धारणा राखेकी हुन । नम्रताले आफ्ना बारेमा अफबाह फैलाउनेहरूका बारेमा कानुनी उपचार खोज्ने र त्यसको काम केही कानुनव्यवसायीले गरिरहेको बताएकी छिन ।

यस्तो छ नम्रताको टिप्पणी

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १३:२४