२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

म १८ बर्ष पुगिसकेको छु र गार्जियन एप्प्लाई गरेको कुरा झुठ होः समिक्षा अधिकारी


७ भदौ, काठमाडौँ । गायिका समिक्षा अधिकारीले आफू १८ बर्ष पुगिसकेको जानकारी गराउँदै गार्जियन एप्प्लाई गरेको भन्ने सरासर झुठ रहेको बताएकी छिन । सामाजिक सञ्जाल मार्फत आफ्ना बारेमा फैलाइएका भ्रम चिर्दै उनले अष्ट्रेलियामा गार्जियन एप्प्लाई गरेको भन्ने कुरा पनि झुठो रहेको बताएकी छिन ।

समिक्षा अष्ट्रेलियाको कालोसूचीमा परेको भन्दै धेरै सामाजिक सञ्जालमा सूचनाहरू सेयर गरेका थिए भने केही सञ्चार माध्यममा समाचार जस्तै देखिने सामग्री बनाएर समिक्षाको चरित्रहत्याको प्रयास गरिएको थियो । उनले सामाजिक सञ्जालमा र केही सञ्चार माध्यममा समेत आफ्ना बारेमा आएका कुराले आश्चर्य चकित भएको बताएकी छिन ।

उनले  आफू एउटा अध्याँरो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडी बढ्न खोज्दै गर्दा फेरि बदनाम गराउन उद्दत भएकोमा दुःख प्रकट गरेकी छिन । उनले आफूले भोग्नुपर्ने धेरै कुरा भोगिसकेको भन्दै आफूलाइ नगिजोल्न अनुरोध गरेकी छिन ।

(यसअघि यही समाचारमा र छुट्दा गलत अर्थ लागेको र यसबाट सम्बन्धितलाई परेको असुबिधाका लागि क्षमा माग्दै भुलसुधार गरिएको छ । -प्रधानसम्पादक)

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १६:०१